४३औँ वार्षिक ध्यान शिविर र आर्य तारा त्रि-उत्तम शिविर २०२३ बारे नयाँ जानकारी

भियतनामको ताम छुच् मा आयोजना हुन गइरहेको ४३ औँ वार्षिक ध्यान शिविर र आर्य तारा त्रि उत्तम शिविरको लागि नाम दर्ता अमिताभ बुद्धको दिन अर्थात् असोज १२ गते पूर्णिमाको दिउँसो ७ः४५ देखि खुल्ला हुने जानकारी दिन पाउँदा हामी निकै उत्सुक छौँ। यस विशेष अवसरको विस्तृत जानकारी नाम दर्ता गर्दा दिइनेछ। यस इमेलको उद्देश्य तपाईँलाई यात्रा र खर्च सम्बन्धी केही महत्त्वपूर्ण जानकारी दिनु हो।

होटेलमा मिलाइएको विशेष छुटको फाइदा लिन तपाईँले असोज २६ गते भित्र नाम दर्ता गराउनु पर्ने हुन्छ। असोज २६ गते पछि पनि हामी सहुलियतमा कोठा उपलब्ध गराउने प्रयत्न गर्नेछौँ, तर यकिनका साथ भन्न सक्दैनौ। आयोजनाको सहजताको लागि अनि रिन्पोछेका शिष्यहरू बिच आत्मीय सम्बन्ध विकासको लागि हामीले छानेका होटेलहरूमा रहनु हुन् अनुरोध गर्दछौँ।

यो चिठी पुरै पढ्नु भएमा आभारी हुनेछौँ!

यो नाम दर्ता प्रत्यक्ष सहभागी को लागि मात्र हो। अनलाइन मार्फत प्रत्यक्ष प्रसारणमा सहभागी हुन इच्छुकहरूको लागि नाम दर्ता असोज २८ गते देखि सुरु हुनेछ। कृपया याद राख्नुहोला, त्रि-उत्तम शिविर online बाट प्रत्यक्ष प्रसारण हुने छैन।

तपाईँले आफ्नो यात्रा योजना बनाउँदा ध्यानमा राख्नु पर्ने केही महत्त्वपूर्ण जानकारीहरू छन्। तल शिविर ।सञ्चालन को मितिहरू छन्, तपाईँ ताम छुच् प्यागोडा क्षेत्र मा वार्षिक ध्यान शिविरमा सहभागी हुन् एक दिन अगाडि मंसिर ५ गते र आर्य तारा त्रि उत्तम शिविरमा मात्र सहभागी हुने हो भने मंसिर १२गते भियतनाम पुग्नु पर्ने हुन्छ।

शिविर क्षेत्र हानोई विमानस्थलबाट २.५-३ घण्टाको दुरीमा छ। हामीले मंसिर ५ र मंसिर १२ गतेको दिन विमानस्थलबाट आउन बसको व्यवस्था गरेका छौ। त्यस्तै विमानस्थल फर्कनको निमित्त पनि मंसिर ११, १२ र १६ गते बसको व्यवस्था गरिएको छ। बस खर्च नाम दर्ता शुल्कमा समावेश गरिएको छ।

मंसिर ६-११:       ४३ औँ वार्षिक ध्यान शिविर
मंसिर ११:           बुद्ध अमिताभको अभिषेक(वाङ्)
मंसिर १२:           बुद्धको अस्थिधातु रहेको निन्ह बिन प्रान्तमा बाई दिन्ह प्यागोडाको ऐच्छिक तीर्थयात्रा
मंसिर १३ – १६:   आर्य तारा त्रि उत्तम शिविरको

विमान स्थलमा बसको तालिका:

मंसिर ५ ११ः०० – २३ः०० एयरपोर्ट देखि शिक्षण स्थल सम्म दिनभर बस सेवा उपलब्ध हुनेछ।

 

मंसिर ११ १७:00 मंसिर ११ गते अबेर राती उडानहरूको लागि एयरपोर्टको लागि बस (बेलुकी १० बजे पश्चातको) सावधान रहनुहोस् तपाईँको उडान छुट्न सक्छ!
मंसिर १२ १३:00 मंसिर १२ मा फिर्ता उडानको लागि एयरपोर्टको लागि बस (बेलुकी ६बजे देखि)उपलब्ध हुनेछ।

 

मंसिर १२ ११ः०० – २३ः०० एयरपोर्ट देखि तारा शिविर सम्म दिनभर बस सेवा उपलब्ध हुनेछ।

 

मंसिर १६ १५:00 मंसिर १६ मा उडानका लागि एयरपोर्ट जाने बस (बेलुका ८ बजे देखि)उपलब्ध हुनेछ।सावधान रहनुहोस् तपाईँको उडान छुट्न सक्छ!

 

मंसिर १७ (आवश्यक परेमा) ८:00 मंसिर १७ गतेको उडानका लागि एयरपोर्ट जाने बस (१ बजेदेखि)उपलब्ध हुनेछ।

सूचना:फर्कने दिनमा तपाईँले एक रात हानोइमा बिताउनु पर्ने हुनसक्छ। त्यस होटेलमा बस्ने खर्च हामी बेहोर्नु छैनौँ। तर तपाईँलाई यहाँका होटेलहरूको मूल्य सूची भने-हामी प्रदान गर्नेछौँ।

आर्य तारा त्रि उत्तम शिविर:

आर्य तारा त्रि उत्तम शिविरमा जोसुकै सहभागी हुन सक्छन्, चाहे उनीहरू त्रि-उत्तम अनलाइन कार्यक्रममा आबद्ध भएका होस् अथवा नहोस्, जो कोही पनि सहभागी हुन पाउनेछन्। रिन्पोछेले प्रसन्नताको साथ बाहिरी आर्यताराको अभिषेक दिन स्विकार्नु भएको छ। साथै online ध्यान कार्यक्रममा सहभागीहरूको लागि मात्र उहाँले भित्री आर्यताराको अभिषेक दिनुहुनेछ। यदि आवश्यक परेमा गुह्य आर्यताराको अभिषेक प्रदान गर्नु हुनेछ, तर त्यो मात्र त्रि-उत्तम अभ्यासमा विभक्त भएका अभ्यासकर्ताहरूको लागि हुनेछ। कार्यक्रमबारे थप जानकारी नाम दर्ताको क्रममा प्रदान गरिनेछ। यदि तपाईँसँग यस शिविरको बारे केही प्रश्नहरू छन् भने हामीलाई [email protected] मा ई-मेल गर्नुहोस्।

आवास र खाना:

हामीले कार्यक्रम स्थल र वरपरका होटेलहरूमा विशेष छुटको व्यवस्था गरेका छौँ। बिहानको नास्ता प्रत्येक होटेलमा दिइनेछ। मध्यान्नको खाना र बेलुकाको खाना मन्दिर परिसरमा प्रदान गरिनेछ। यदि तपाईँ कुनै कार्यक्रम स्थल बाहिरको होटेलमा बस्दै हुनुहुन्छ भने, मन्दिर परिसरमा आउने जाने यातायात पनि उपलब्ध गराइनेछ। हामीले व्यवस्था गरेका होटेलहरू मध्ये एउटामा बस्न हामी दृढताका साथ प्रोत्साहन गर्छौँ। यदि कुनै कारणवश, तपाईँले अरू होटेलको छनौट गर्नुभयो भने, आउन र जाने यातायातको साथै नास्ताको लागि आफै जिम्मा लिनु पर्ने छ।

कृपया नबिर्सनु होला, प्रवचन नि: शुल्क हो, लिइएको शुल्क रिन्पोछे र भिक्षुहरू, अनुवादकहरू र कर्मचारीहरूको लागि यात्रा र आवासमा खर्च गर्नका लागि हो। साथै बास र खाना, विमानस्थलबाट मन्दिर परिसरसम्मको यातायात, किताब छाप्ने, प्राविधिक उपकरण भाडामा लिन, फूल लगायत सजावटहरू, र आकस्मिक खर्च इत्यादिमा तपाईँले तिर्नु भएको शुल्क प्रयोग हुनेछ। त्यस शुल्कमा रिन्पोछे र भिक्षुहरूका लागि सामूहिक दान र अनुवादकहरूका लागि मामुली तलब पनि समावेश छ। तपाईँले रिन्पोछे र भिक्षुहरूलाई व्यक्तिगत दान दिने, र अनुवादकहरूप्रति आफ्नो कृतार्थ देखाउने अवसर पनि हुनेछ!

कोठामा  एकलै बस्न पाउने व्यवस्था छैन। दर्ताको समयमा, तपाईँले कोठामा कोसँग बस्न चाहनु हुन्छ उल्लेख गर्न सक्नु हुन्छ। अन्यथा, आयोजकहरूले कोठामा कोसँग बस्ने नियुक्त गर्नेछन्। तपाईँले चयन गर्नुभएको आवासको आधारमा, शुल्कहरू निम्नानुसार छन्:

वार्षिक ध्यान शिविर मात्रको लागि :

(७ रातको):         $२४0 वा ३०५

ऐच्छिक तीर्थयात्रा:                       $२५

त्रि उत्तम शिविर मात्रको लागि :

(४ रातको):         $१६५ वा $२१०

तीन वटैमा सहभागी हुन्:                         $४३0 वा $५४0

यदि तपाईँ तपाईँको आफ्नै होटेल छनौट गर्नुहुन्छ भने, शुल्कहरू निम्नानुसार छन्। यदि तपाईँ अरू होटेलमा बस्दै हुनुहुन्छ भने आउन र जाने यातायातको साथै नास्ताको लागि आफै जिम्मा लिनु पर्ने छ।

वार्षिक ध्यान शिविर मात्रको लागि :                          $१४५

ऐच्छिक तीर्थयात्रा:                          $२५

त्रि उत्तम शिविर मात्रको लागि:                    $११५

तीन वटैमा सहभागी हुन्:               $२८५

दर्ता गर्दा, छात्रवृत्ति कोषमा योगदान गर्ने अवसर रहनेछ। भिक्षुहरूको लागि १00% छात्रवृत्तिको अनुरोध गर्न सकिनेछ भने अरूका लागि आंशिक छात्रवृत्ति माग गर्न सकिनेछ। छात्रवृत्ति कोषमा जति सहयोग जम्मा हुन्छ, हामी त्यति नै छात्रवृत्ति दिनेछौँ। त्यसैले यदि तपाईँ सक्षम हुनुहुन्छ भने, हामी तपाईँलाई कोषमा अलिकति योगदान गर्न र संघको अर्को सदस्यलाई शिविरमा सामेल हुन मद्दत गर्न प्रोत्साहित गर्न चाहन्छौँ।

हामी आशा गर्छौँ कि हाम्रो व्यवस्थापनले तपाईँलाई शिक्षा प्राप्ति र अभ्यास गर्नमा केन्द्रित रहन मद्दत मिल्नेछ।हामी तपाईँको बसाइ सकेसम्म सहज र सुविधाजनक बनाउन प्रतिबद्ध छौँ र हामीले तपाईँलाई सकेसम्म सहयोग गर्ने सक्दो प्रयास गर्नेछौँ!

कुनै प्रश्नहरू छन् भने, सम्पर्क गर्नुहोस्:

[email protected]

‹ Back To News Back To Top